s
विज्ञहरूले सरकारलाई युवाहरू वैदेशिक रोजगारीमा जाँदा लाग्ने सबै शुल्क रोजगारदाताले नै तिर्ने व्यवस्था मिलाउन सिफारिस गरेका छन्।
श्रम तथा आप्रवासन विज्ञ डा.गणेश गुरूको संयोजकत्वमा गठित टोलीले श्रम आप्रवासन नीतिमा युवाहरूको लागत रोजगारदाताले तिर्ने व्यवस्था लागू गर्न प्रस्ताव गरेको हो।
आइतबार श्रम आप्रवासन नीतिको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई पेश गर्दै विज्ञ गुरूले वैदेशिक रोजगारीलाई थप सुरक्षित व्यवस्थित र मर्यादित बनाउनु पर्ने आवश्यकता औंल्याए।
उनीहरूले श्रम आप्रवासन प्रक्रियालाई सरल, सहज. पारदर्शी र उत्तरदायी बनाउन वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक रोजगार नियमावली २०६४ परिमार्जन गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, श्रम आप्रवासनका क्रममा हुने खर्च रोजगारदाताले बेहोर्ने प्रणाली 'इम्प्लोयर पे मोडल' को विस्तार एंव प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरिएको छ।
श्रम आप्रवासन नीतिको मस्यौदामा भनिएको छ, 'स्वच्छ र न्यायोचित भर्ना प्रक्रिया अबलम्बन गरिनेछ। श्रमिकको खर्च रोजगारदाताले बेहोर्ने प्रणालीलाई गन्तव्य मुलुकसँग गरिने दुई पक्षीय श्रम सम्झौतामा उल्लेख गरिनेछ।
Published on: 13 August 2024 | Setopati
GET IN TOUCH