s

पोर्चुगलमा घुम्ति राहदानी शिविर, ३ हजारभन्दा बढीले लिए सेवा

पोर्चुगलमा आयोजना भएको घुम्ति राहदानी शिविरबाट ३ हजारभन्दा बढीले सेवा लिएका छन्।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग काठमाडौँ र नेपाली राजदूतावास पेरिसले आयोजना गरेको घुम्ति शिविरमा ३ हजारभन्दा बढी नेपाली नागरिकले सेवा प्राप्त गरेका हुन्।

फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अनुसार पोर्चुगलको लिस्वनमा गत अगस्ट २ देखि १३ सम्म आयोजना गरेको राहदानी घुम्ति शिविरमा ३ हजार ८ सय २९ जनाले आफ्नो राहदानी नवीकरणको सेवा लिएका हुन्।

सेवा लिनेमा १२१ ज्ना नावालक, ३३ सय ८० नवीकरण र हराएका ३२८ जना रहेको दूतावासले जनाएको छ।

साथै उक्त राहदानी सेवाबाट दूतावासले ४ लाख ९१ हजार ५८० युरो अर्थात् ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँ राजश्व पनि सङ्कलन गरेको छ।

पोर्चुगलमा हाल ५० हजारभन्दा बढी नेपालीहरू बसोबास गर्दै आएका छन्। तत्कालमा समस्याको रुपमा देखिएको कागजात प्रमाणीकरण सम्बन्धी समस्या समाधान गर्न नेपाली राजदूतावास पेरिस गम्भीर रहेको र यस्ता समस्या समाधान गर्न दूतावास प्रयत्नशिल रहेको पनि दूतावासले जनाएको छ।

दूतावासले हालसम्म विभिन्न शिविर तथा प्रत्यक्ष रुपमा पेरिसमै आई आवेदन गर ितयार भएका तर बुझिलिन बाँकी रहेका राहदानीहरू वितरण गर्ने तथा नवीकरणका लागि छुट भएका नेपालीहरूको राहदानी नवीकरणका लागि छिटै राहदानी विभागसँग समन्वय गरी अर्को शिविर सञ्चालन गर्ने पनि बताएको छ।

Published on: 14 August 2024 | Nagarik

Link

Back to list

;