s
काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएका छन्।
काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी दिएका छन्।
‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो,’ मेयर बालेनले भनेका छन्।
त्यस्तै मेयर बालेनले यसअघि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत् दुई हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत एक हजार ४६७ जना र अनलाइनमार्फत दुई हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको बताएका छन्।
‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको,’ मेयर बालेनले बताएका छन्।
महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार/स्वरोजगार भएको पनि मेयरल बालेनको दाबी छ।
Published on: 16 July 2024 | Setopati
GET IN TOUCH