s

विज्ञ टोलीले बुझायो श्रम आप्रवासन नीतिको मस्यौदा

विज्ञ टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई श्रम आप्रवासन नीतिको मस्यौदा बुझाएको छ।

श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरूङको संयोजकत्वमा गठित टोलीले तयार गरेको मस्यौदा आइतबार मन्त्री भण्डारीलाई हस्तान्तरण गरिएको हो।

मस्यौदा बुझ्दै मन्त्री भण्डारीले नीतिलाई समयानुकुल परिमार्जन गर्ने उद्देश्यले विज्ञ टोली गठन गरी मस्यौदा तयार गरिएको बताए।

नीतिमा सबै कुरा समेटेर अप्ठ्याराहरूलाई सजिलो बनाइने उनको भनाइ छ।

'वैदेशिक रोजगारीमा ठगी एकदमै धेरै छ। यस्ता समस्या सम्बोधन गर्न सबैभन्दा पहिला नीति चाहियो,' उनले भने।

विज्ञ डा. गुरूङले आफूहरूले सातै प्रदेशमा सम्बन्धित सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेको बताए।

उनले अहिले आन्तरिक बजारले युवाजनशक्तिलाई धान्न सक्ने अवस्था नरहेकाले वैदेशिक रोजगारीलाई पनि कसरी सुरक्षित व्यवस्थित र मर्यादित बनाउने भन्नेतर्फ नीति केन्द्रित रहने गरि मस्यौदा तयार गरिएको बताए।

गन्तव्य मुलुकको श्रम स्वीकृति लगायत सेवा प्रवाहलाई सहज बनाउने लगायत भारत जाने र फर्कने नेपालीको आँकडा राख्ने गरी नीति तयार गरिने उनले बताए।

Published on: 12 August 2024 | Setopati

Link

Back to list

;