s

बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

काठमाडौं : बालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गाउँपालिका-१ का २५ वर्षीय सुबिलाल सिंतान र ३३ वर्षीय बीर बहादुर सिंतान रहेका छन्।

संयुक्त रुपमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्टहाउसको कोठामा बालिकाहरूलाई राखी ग्राहकहरूको रोजाइमा बालिकाहरूलाई शारीरिक सम्पर्क राख्न लगाउने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ मनोहरा-जडिबुटीमा सञ्चालन गरेको गेष्टहाउसमा आर्थिक अवस्था नाजुक भएका बालिकाहरूलाई राम्रो आम्दानी हुने वेटरको काममा लगाइदिने भनि प्रलोभनमा पारी काममा राखेको र केही समयपछि गेष्टहाउसमा आएका ग्राहकहरूसँग बसेर खान लगाई धेरै बिल उठाउने काममा लगाउने गरेको खुल्न आएको ब्युरोले जनाएको छ।

टोलीले पीडित तीन जना बालिकालाई गेष्टहाउसबाट उद्धार गरेको सूचना अधिकारी गौतम मिश्रले बताए। उनका अनुसार गेष्टहाउसबाट प्रयोग भएका तथा नभएका अस्थाई साधन, प्रेग्नेन्सी टेष्ट किट र गर्भ निरोधक औषधी समेत फेला परेको छ।

Published on: 10 July 2024 | Annapurna Post

Link

Back to list

;