s

वैदेशिक रोजगारीमा मौलाउँदो ठगी

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले गन्तव्य मुलुकमा पुगेपछि पूर्वसम्झौताअनुसारको सेवा र सुविधा नपाउने मुख्य समस्या छ। नेपालबाट श्रमिकहरूलाई आकर्षक तलब भनेर विदेश लगेर भनेअनुसारको काम र पैसा नपाए पछि सिर्जित समस्याले कामदारहरूलाई अन्य थप समस्याहरू निम्त्याएको हामीले देखेका छौं।

ओभरटाइम लगाएर अतिरिक्त समयको तलब नदिनेजस्ता गुनासाहरू धेरै छन्। त्यसैगरी विदेशमा मृत्यु भएकाहरू, जेल केस र हराइरहेका व्यक्तिहरूको समस्याहरू पनि धेरै आउने गरेका छन्।

 

बिचौलियाहरूले वैदेशिक रोजगारीको लागि भनेर पर्यटक भिसामा विदेश लैजाने गरेको पाइन्छ। म्यानपावर कम्पनीका बिचौलियाहरूको आश्वासनअनुसार श्रमिकहरूले आशा गरेको सेवा सुविधाहरू नपाए पछि उनीहरू आफ्नो कम्पनी छोडेर भाग्ने गरेका छन्।

कतिपय त घरपरिवारसँग सम्पर्कमा पनि नआउने गरेका हामीले पायौं । यसरी मुख्यतया सम्झौताअनुसारको तलब नपाउनु नै हो । सँगसँगै वैदेशिक रोजगार ऐनको कार्यान्वयन नभएको, भइरहेको नीतिमा पनि सरकारी कर्मचारीहरूको अस्पष्टता र ऐन कार्यान्वयनको अनुगमन नहुनाले वैदेशिक रोजगारीमा समस्याहरू बढेको छ ।

यसो हुनु भनेको अन्ततोगत्वा तपाईं हाम्रै नेपाली दाजुभाइहरूले विदेशमा दुःख पाउनु हो । सरकार कामदारको पक्षमा जति प्रतिबद्ध रहन्छ त्यति नै समस्याहरूलाई न्यूनीकरण पनि गर्न सकिन्छ । हाम्रो संस्थाले यिनै विदेशमा दुःख पाएका नेपाली श्रमिकलाई देश–विदेशका विभिन्न निकायहरूमा समन्वय र सहजीकरण गरी सहयोग गर्ने गरेका छौं ।

Published on: 15 July 2024 | Annapurna Post

Link

Back to list

;