s
काठमाडौं : दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारका लागि विशेष कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ।
नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा काम गरेर फर्किएकाहरूका लागि परीक्षा सञ्चालन हुन लागेको हो।
ईपिएस कोरिया शाखाले मंगलबार सूचना प्रकाशित गरेर उक्त जानकारी दिएको हो। आगामी साउन ७ गतेदेखि ११ गतेसम्म फाराम वितरण तथा दर्ता हुने छ भने भदौ १८ गते परीक्षा तालिका घोषणा हुने छ।
परीक्षा असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुने र असोज २१ गते नतिजा प्रकाशन गर्ने तालिका रहेको छ। विशेष परिस्थिति आई परेमा परीक्षा तालिकामा फेरबदल हुन सक्ने शाखाले जनाएको छ।
वैधानिक तवरले फर्केका कामदारहरूलाई पुनः कामदारको रुपमा पठाउने प्रक्रिया अन्तर्गत उम्मेदवारको छनौट गर्ने क्रममा एजआरडी कोरियाबाट सञ्चालन हुने परीक्षामा सामेल हुन चाहने एचआरडी सर्भिस अफ कोरियाबाट प्राप्त नामावलीमा नाम समावेश भएकाले आवेदन दिन सक्नेछन्।
Published on: 10 July 2024 | Annapurna Post
GET IN TOUCH